यासोक/पाँचथरको तुम्बेवा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय मौवाका प्रहरी प्रमुख जीवन बोगटीलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।
शनिबार कार्यालयको प्राङ्गणमा बिदाइ तथा स्वागत कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको हो । एक वर्ष देखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका बोगटीले अपराध रोकथाम तथा शान्तिसुरक्षा कायम गर्न सफल भएको भन्दै उच्च सम्मानका साथ बिदाइ गरिएको तुम्बेवा ३ का वडा अध्यक्ष कमल थापाले बताए । बोगटी सइबाट इन्स्पेक्टरमा बढुवा भए लगत्तै बिदाइ गरिएको हो ।
गाउँपालिकामा हत्या, बलत्कार, चोरी लगायतका घट्नामा संलग्नलाइ कानुनी दायरामा ल्याउन सफल भएको भन्दै उनलाई वडा अध्यक्ष थापाले ढाका टोपी खादा र मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन् । सोही अवसरमा कार्यालय हाजिर हुनुभएका कार्यालय प्रमुख मुकेशकुमार सिंहलाई पनि स्वागत गरिएको थियो । सिंहले अपराधिक गतिविधि न्यूनीकरण गर्दै शान्तिसुरक्षा कायम गर्न सबैसँग आग्रह गरे । कार्यक्रममा नेपाली काङग्रेस क्षेत्रीय सभापति बमप्रसाद लावती, नेकपाका जिल्ला कमिति सदस्य देबेन्द्र खत्रीलगायत स्थानीय सहभागी थिए ।