मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहको मनोहर जनता माविको पुरानो भवन माथी निर्माण हुदै गरेको ट्रष्ट निर्माण कार्यमा अनियमितता भएको पाईएको छ ।
ट्रष्ट निर्माणमा कमशल प्रकारका फलामे डण्डी प्रयोग गरेको पाइएको हो । तोकिएको परिमाण भन्दा एउटै डण्डीमा ५ददेखी ६ केजी सम्म कम तौल कम भएको फलामे डण्डीको प्रयोग भएको पाइएको ट्रष्ट निर्माण उपभोत्ता समिति अध्यक्ष लोकबहादुर पौडेलले बताए । कम गुण्स्तरको सामान प्रयोग गरेको भेटिएकाले शुक्रबार नै तत्काल कमशल सामान हटाई तोकीएको मापदण्ड अनुसारको सामन प्रयोग गरेर निमार्ण कार्य अगाडी बढाउन निर्माणको जिम्मा पाएको खत्री ग्रिललाई निर्देशन दिएको अध्यक्ष पौडेलले बताए ।
सो ट्रष्ट निर्माणमा बिभिन्न निमार्ण कम्पनीहरुले निर्माणका लागि निवेदन दिएकोमा खत्रीग्रिल दमकले निर्माणको जिम्मा पाएको थियो । प्रति केजी ११८ रुपयाका दरले निर्माण्को ठेक्का पोरेको थियो । तर खत्री ग्रिलले कमशल सामान प्रयोग गरी सार्वजनीक सम्पती गुणस्तरहिन बनाई अखुद नाफा कमाउने दुस्प्रयास गरेको स्थानीयहरु बताउँछन । निर्माणको जिम्मा पाएको खत्री ग्रिलले भने सामन लोड गर्ने क्रममा गलत सामान आएको भेटीएकाले वजन कम भएका सामानहरु फिर्ता गरि सम्झौता अनुसारको सामान प्रयोग गर्ने खत्री ग्रिलका संचालक टेक बहादुर खत्रीले बताए ।