पथरी/मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले कोरोना भाइरस जोखिम न्यूनीकरण समन्वय समितिलाई काठ तथा नगद सहयोग गरेका छन् ।

बुधबार वनले क्वारेन्टाइनमा बेड निर्माणको लागि ३२ किबी काठ र १ लाख २५ हजार २५ रुपैयाँ नगद सहयोग गरेको हो । समूहका अध्यक्ष काबुलबहादुर मगरले नगरप्रमुख दिलीपकुमार राईलाई हस्तान्तरण गरेको थियो । उक्त काठबाट २० वटा खाट निर्माण भएको अध्यक्ष मगरले बताए । हरियाली वनले यसअघि पनि करिब सय जना अट्ने सभाहल क्वारेन्टाइनको लागि उपलब्ध गराउने घोषणा गरेका थिए ।

नगरपालिकाले भारतबाट आएकाहरूलाई राख्न पथरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाएको छ । क्वरेन्टाइनमा भारतलगायतको स्थानबाट आएका नगरबासीहरूलाई राखिएको छ ।