धरान । कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा रगत अभाव सिर्जना भएपछि रोटरी क्लब अफ धरानले सोमबार धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदानमा ३२ युनिट रगत संकलन भएको छ । धरान–१८ बुद्धचोकमा गरिएको रक्तदानमा सहभागी रक्तदातालाई प्रमाण पत्र पनि वितरण गरिएको क्लबका अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रक्तसञ्चार सेवामा रगत अभाव भए पछि रक्तदान कार्यक्रम गरिएको श्रेष्ठले बताए ।
त्यसक्रममा रक्तदान जारी रहेकै समय ताजा रगत समेत लगिएको थियो । करिब ७ युनिट रगत ब्लड बैंकले तत्कालै लगेको सुरेन्द्र स्थापितले जानकारी दिए । कार्यक्रममा शिवानन्द साहको संयोजकत्वमा सम्पन्न भएको हो ।