• मदनबाबु प्रसाई

उर्लाबारी / उर्लाबारीस्थित मंगलबारे अस्पतालको नाम यथावत राख्नुपर्ने माग गरिरहेको अवस्थामा नेकपा उर्लाबारीले भने नाम परिवर्तनको पक्षमा पार्टीको धारणा सार्वजनिक गर्दै बिकासलाई अवरोध नगर्न आग्रह गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले मंगलबारे अस्पतालको विकास एवम् स्तरोन्नति गर्ने घोषणालाई कांग्रेस सहितका राजनितीक दलले बिकासलाई अवरोध पु¥याउने प्रयास गरेको भन्दै. विकासलार्य अवरोध नगर्नआग्रह गरेको हो ।

पार्टीका नगर अध्यक्ष उमाकान्त गौतम सचिव तोर्ण श्रेष्ठ र सुचना विभागका प्रमुख निरोज तिम्सिनाले बिज्ञप्ती जारी गरि मंगलबारे अस्पताललाई अत्याधुनिक उपकरणसहित ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना स्वागतयोग्य भएको जनाएका छन् । योजना सम्पन्न भएपछि उर्लाबारीको मात्र नभएर समग्र प्रदेश नम्बर १ कै स्वास्थ्य क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने भन्दै अस्पताललाई राजनीतिक रंग फैलाएर जनतालाई भ्रममा नपार्न उल्लेख आग्रह गरिएको छ ।

नामका विषयलाई लिएर संयम रहन र सन्तुलित अभिब्यक्ति दिन पार्टी कार्यकर्ता र शुभचिन्तकलाई नेकपाले आह्वानसमेत गरेको छ । ‘मुलुकको राजनीतिक परिवर्तन र नेपाली समाजको रुपान्तरणमा नेतृत्वदायी भूमिका खेलेका जननेता स्व. मदनकुमार भण्डारीको योगदानको उच्च मुल्यांकन गर्दै उर्लाबारीको स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्ने योजनाका साथ प्रदेश सरकारले ल्याएको कार्यक्रमलाई समयमै सम्पन्न गर्नु नै अहिलेको आवश्यकता हो ।’– विज्ञप्तिमा भनिएको छ ।

उर्लाबारी नगरपालिका – ३ मा अवस्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास एवम् स्तरोन्नति गर्ने भनेर प्रदेश सरकारकोनीति तथा कार्यक्रमा केही दिन अघि घोषणा गरिएको थियो । नाम परिर्वतनको विषयलाई राजनीतिक रंग दिएर नेपाली कांग्रेस तथा अन्य दलहरुले विरोध गदैं आएका थिए ।