• मदनबाबु प्रसाई

उर्लाबारी / उर्लाबारस्थित मंगलबारे अस्पताललाई प्रदेश सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रुपमा प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा घोषणा गरेपछि अस्पताल प्रशासनसहित केही राजनितीक दलले आपति जनाएका छन ।

नेपाली काग्रेस नगर सभापति बिरबल थापाले प्रदेश सरकारले आफनो नीती तथा कार्यक्रममा अस्पताललाई नाम परिवर्तन गर्ने तयारी गरेकोमा आपत्ति जनाउदै उक्त घोषणा फिर्ता गर्न माग गरेका छन । बिज्ञप्तीमा प्रदेश सरकारले नीती तथा कार्यक्रममा अस्पतालको नाम परिवर्तन गर्ने बिषयलाई एक हप्तासम्म फिर्ता नगरेमा सडक आन्दोलनसमेत गर्ने उल्लेख गर्दै सावीक मंगलबारे अस्पताल नाम परिवर्तन नगर्न चेतावनी दिइएको छ ।

उर्लाबारी नगरपालिकाका वडा नं.–७ का वडाध्यक्षसमेत रहेका थापाले नाम यथावतै राख्नको लागि उर्लाबारी नगरपालिका, प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वस्थ्य मन्त्रालयलाई समेत ज्ञापन–पत्र दिने निर्णय गरेको उनले बताए ।

यसैगरी जनता समाजवादी पार्टी नेपाल उर्लाबारीले पनि अस्पताललाई ट्रमा सेन्टर बनाउने निर्णय स्वागतयोग्य भए पनि परिवर्तन गर्न नहुने सो पार्टीका अधयक्ष मात्रिका धिमालद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

यसैगरी मंगलबारेका युवा समुहले पनि राष्ट्रिय झण्डा सहित सडकमा निस्किएर प्रदेश सरकारले अस्पताललाई आवश्यक उपकरण र क्षमता वृद्धिका लागि गरेको सहयोग अत्यन्तै राम्रो भए पनि नाम परिवर्तन गर्दा पहिचाहन हराउने भएकोले आपत्ति जनाउदै बिरोध समेत गरे । स्थानिय युवा रोहीत कार्कीको नेतृत्वमा बिरोध ¥याली मार्फत प्रर्दशन गर्दै नाम परिवर्तका लागि गरेको प्रस्ताव फिर्ता नगरे आन्दोलन गर्ने घोषणा समेत गरेका छन ।

यसै बिच मंगलबारे अस्पताल व्यवस्थापन समितिको आइतबार बसेको आकस्मिक बैठकले नाम परिवर्तनको प्रयासलाई फिर्ता गर्ने निर्णय गरेको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भानुभक्त शर्मा पराजुलीद्धारा हस्ताक्षर गरी जारी गरेको प्रेस–बिज्ञप्तीमा प्रदेश सरकारले गरेको सहयोग सकारात्क भए पनि जनभावना विरुद्ध नाम परिवर्तन गर्न नहुने र प्रस्तावित नाम फिर्ताको लागि प्रदेश प्रमुख, मुख्य मन्त्री, सामाजीक बिकास मन्त्री, बिपक्षी दलका मुख्य सचेतक, यसक्षेत्रका प्रदेश सभाषद, उर्लाबारी नगरपालिका सहितलाई ज्ञापन–पत्र सोमबार दिने निर्णय समेत गरेको छ ।

२०४९ सालमा प्राथमिक स्वस्थ्य केन्द्रको रुपमा स्थापना भएको उक्त स्वस्थ्य केन्द्रलाई क्रमिक रुपमा विकसित गरीदै ५० वेडको सम्म पु¥याउने योजना र पूर्व पश्चिम राजमार्गसँगै भएकोले दुर्घटनामा परेका मानिसहरुको उपचार गराउन सहज हुने भएकाले प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकसित गर्ने योजना ल्याएको प्रदेश सरकार सामाजीक बिकास मंन्त्रालयले जनाएको छ ।