धरान । धरान–६ पोखरा खोलामा निर्माणाधीन पक्की कल्भर्टको धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले निरीक्षण गरेकी छन् ।

प्रदेश सरकारको बजेटमा स्थानीय उपभोक्ता समितिले कल्भर्ट निर्माण गरिरहेका छन् । खोलामा यसअघि काठे पुल रहेको थियो । काठे पुल जीर्ण बनेपछि पक्की कल्भर्ट निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष नारायण भण्डारीले बताए । उनका अनुसार १९ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।

pakki_bridge_dharan (1)

जेठ १५ गते सम्झौता गरिएको कल्भर्टको काम असारको पहिलो सातासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उपभोक्ता समितिले जनाएको छ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जेठ १७ गते कल्भर्टको शिलान्यास गरेपछि काम सुरु भएको छ । निर्माणाधीन पुलको अवस्थाका बारेमा सोमबार धरान उपमहानगरकी उपप्रमुख भण्डारीले निरीक्षण गरेकी हुन् ।

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शेरधन राईले नै बजेट विनियोजन गरिदिएको धरान–६ का वडाध्यष भूवनसिंह बस्नेतले जानकारी दिए । कल्भर्ट निर्माणसँगै आवतजावतमा सहज हुने छ भने मोरङको केराबारीबासका लागि धरान आउन पनि सहज हुने भएको छ ।

pakki_bridge_dharan (3)

बन्दै गरेकाे कल्भर्ट । तस्बिरः ललित राइ