• सन्तोष गुप्ता

वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर १ चतराघाटमा तस्करी गर्दै ल्याइरहेको अवस्थामा अवैध सखुवाको काठ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यलय चतराको गस्ती टोलीले, चतराघाटमा जेठ २४ शनिवार राती ११ वजेर ४५ मिनेटमा करिव १ हजार किवी परिमाणमा विभिन्न नापको तयारी काठ बरामद गरिएको नाम बताउने शर्तमा श्रोतले बताएको छ ।

नगरपालिकाको वराहक्षेत्रवाट चतरा तर्फ आउँदै, को १ ख ६९७४ नम्बरको टाटा कम्पनीको हाफ डाला भएको टिपरमा चेक जांच गर्ने क्रममा अवैध काठ बरामद गरेको थियो । प्रहरीलाई देख्ने वित्तिकै ट्याक्टर चालक भने फरार भएको बुझ्नमा आएको छ ।

बरामद काठ र टयाक्टरलाई जेठ २५ गते आइतवार चतरा प्रहरीले जिल्ला प्रहरी काार्र्यालयलाई बुझाएको बताइएको छ । बरामद काठको सम्बन्धमा पुष्टी गराउन जिल्ला प्रहरी कार्यलय र इलाका प्रहरी कार्यलय चक्रघट्टीमा पटक पटक फोन गर्दा व्यस्त देखाएको थियो ।