संखुवासभा । खाँदबारी नगरपालिका–१० को बाघखोरमा हरियो रुखमा राखेको तार विद्युत् प्राधिकरणले हटाएको छ ।

ब्लाष्ट खबर डट कममा समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै सोमबार बिहान तार हटेको हो । बिहानै प्राधिकरण खाँदबारी वितरण केन्द्रको प्राविधिक टोली गएर हरियो सालको रुखमा राखेको तार हटाएको विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका सूचना अधिकारी सुपरभाइजर लक्ष्मीप्रसाद रखालको जानकारी दिए । रुखमा राखिएको तार अर्को पोल गाडेर सारिएको छ ।

एक वर्षदेखि सालको रुखमा राखिएको तारका कारण स्थानीय त्रसित भई रहेका थिए । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्दमा पटकपटक तार हटाइदिन अनुरोध गर्दा पनि बेवास्ता गरेको तर यसपटक उनीहरू नै खबर गरेर आएर बनाएको खाँदबारी नगरपालिका–१० का वडाध्यक्ष केशवराजसिंह थापाले जानकारी दिए ।