न्यूजील्यान्ड कोरोना भाइरस मुक्त, मध्यरातदेखि सबै प्रतिबन्ध फुकुवा

alt
  • जेठ २६, २०७७
  • बीबीसी

एजेन्सी / न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि कोरोनाभाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्‍याइने प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी छन्। त्यसको अर्थ मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन्।

तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ। सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ। 'जील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गर्‍यो '-आर्डर्नले भनिन्।

भाइरसको आर्थिक प्रभावले अर्बौँ मानिस थलिने
तर भाइरस निर्मूल नहुने त्यसैले निरन्तरको प्रयास आवश्यक पर्ने आर्डर्नले चेतावनी दिइन्। उनले भनिन् ‘न्यूजील्यान्डले कोरोनाभाइरसको नयाँ सङ्क्रमण अवश्य पनि फेरि देख्नुपर्नेछ।’

फिजिका प्रधानमन्त्रीको न्यूजील्यान्डलाई बधाई
गत हप्ता प्रशान्त महासागरीय टापु राष्ट्र फिजिले उसको अन्तिम कोरोनाभाइरस सङ्क्रमित व्यक्ति सञ्चो भएपछि आफैले आफूलाई कोभिड–१९ मुक्त घोषणा गरेको थियो।

सोमवार न्यूजील्यान्डले त्यस्तै घोषणा गरेपछि फिजिका प्रधानमन्त्रीले ट्वीटरमा न्यूजील्यान्डलाई बधाइ दिएका छन्।

न्यूजील्यान्डले कसरी कोरोनाभाइरसलाई जित्यो ?

न्यूजील्यान्डमा अब एउटा पनि सक्रिय कोरोनाभाइरस सङ्क्रमण बाँकी नभएपछि न्यूजील्यान्डले भाइरस जितेको जस्तो देखिएको छ। शुरूमा न्यूजील्यान्ड असाध्यै छिटो र बृहत् लकडाउनमा गयो। उसका सीमा नाकाहरू १९ मार्चमा बन्द गरिए। त्यतिबेला न्यूजील्यान्डमा ३० वटा मात्र भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

सात दिनपछि उच्च तहको सतर्कतामा मुलुकलाई लगियो। न्यूजील्यान्डमा कडा लकडाउन लगाइयो।

 

बेलबारीमा फेरि भेटिए ...

बेलबारी / बेलबारी स्थीत फेरि अर्का एक व्यक्तिमा कोरोना& ...

यौन धन्दा चलाएको आरो ...

धनबहादुर पुरी इटहरी । इटहरी ९ मा रहेको रिभर साइड र ...

भारत लादैं गरेको १८ ...

धरान  / सुनसरीको देवानगन्ज गाउपालिका–३ ...

नेपालमा ६,५४७ जनाले ...

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा २ सय ९३ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved