सिरहा । सिराहा गोलबजार नगरपालिका–९ (चोहर्वा) को मारुती सिमेन्टको नयाँ बन्दै गरेको प्लान्टबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
काम गरिरहेको समयमा भारत गुहाटीका महर अलीको खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवारले जानकारी दिए । ४० फिट अग्लो नयाँ प्लान्टको प्रि–हिटरबाट खसेर गम्भीर घाइते भएका अलीको कर्जन्हा नगरपालिका–११ स्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी जैसवारले जनाए ।