धरान । सरकारले युएई र म्यानमारबाट स्वदेश फर्काएका नेपालीमध्ये प्रदेश १ का विभिन्न जिल्लाका नागरिकलाई सुनसरीको चतरास्थित होल्डिङ केन्द्रमा राखिएको छ ।
जेठ २४ गते नेपाल आइपुगेका प्रदेश १ का विभिन्न जिल्लाका ४ महिलासहित ४१ जना नागरिकहरू पूर्वी पृतना हेडक्वार्टरले तयार गरेको होल्डिङ केन्द्रमा ल्याइएको हो । उनीहरूलाई नेपाली सेनाको सुरक्षामा काठमाडौंबाट आज ल्याइएको हो । २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी यामप्रसाद ढकालको नेतृत्वमा विभिन्न तहका सैनिकहरूको उपस्थितिमा होल्डिङ केन्द्र ल्याइपु¥याइएको छ ।
उनीहरूको स्वास्थ्य जाँच गरेर व्यक्तिगत विवरण भरी आजै सम्बन्धित जिल्ला पठाइएको छ । मोरङ र झापाका २५ जना रहेका छन् । अन्य बाँकीलाई भने होल्डिङ केन्द्रमै राखिने भएको छ । तराईका जिल्लाका नागरिकलाई सम्बन्धित क्षेत्रको क्वारेन्टिनमा राख्ने भएकाले पठाइएको हो । पहाडी जिल्लाको हकमा भने १४ दिनसम्म होल्डिङ केन्द्रमा बसेर पीसीआर जाँच पछि मात्रै पठाइने तयारी भएको छ । हाल इलाम, संखुवासभा, ओखलढुङ्गा, ताप्लेजुङ, उदयपुर, र भोजपुरका गरी १५ जना होल्डिङ केन्द्रमा रहेका छन् ।