वराहक्षेत्र/सामुदायिक वनमा अतिक्रमण बढेपछि वराहक्षेत्र–२ को बयरवन सामुदायिक वन उपभोक्ता समूहले वृक्षरोपण सुरु गरेको छ । 

उपभोक्ता समुहले लालबस्ती, साकेला थान नजिक रहेको वनको करिब ४ हेक्टर अतिक्रमित वनमा वृक्षरोपण सुरु गरेको हो । वृक्षरोपणको लागि समूहले बुधबारदेखि वन सरसफाइ र रोपिएको बाँस हटाउन थालेको छ ।

वनमा आपूmखुसी केरा, बाँस रोपेर वन मासिने क्रम बढेपछि त्यसलाई नियन्त्रण गरी वन जोगाउन अतिक्रमित क्षेत्रमा टीक, मलेसियन सखुवा, मसाला जातिको करिब ३ हजार बिरुवा रोप्न लागिएको हो ।

वन अतिक्रमण नगर्न र लगाइएको बाँस हटाउन पटकपटक गरिएको आग्रहलाई अटेर गरेकाले जिल्ला वनको सहयोगमा अतिक्रमण हटाउने अभियान सुरु गरिएको बयरवन सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष कर्णबहादुर खड्काले बताए ।

३ सय ६८ हेक्टर क्षेत्रफल भएको वनको करिब १० हेक्टर क्षेत्र अझै अतिक्रमण रहेको भन्दै त्यसलाई हटाइने तथा काँडेतारको घेराबेरा गर्ने भन्दै अध्यक्ष खड्काले जिल्ला वनले वृक्षरोपणको लागिप्रति हेक्टर १ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिए ।