धरान । इलाका प्रहरी कार्यालय धरानमा तेह्र महिना अवधिसम्म कार्य पूरा गरी हालै सरुवा भएका डिएसपी ढुण्डीराज न्यौपानेलाई विभिन्न संस्थाले सामूहिक रूपमा बिदाइ गरेका छन् ।

डिएसपी न्यौपानेलाई इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवन निर्माण समिति, धरान फुटबल क्लब, वराह ज्वेलरी इण्डष्ट्रिज प्रालि र नेपाल पत्रकार महासंघ सुनसरीको टोलीले बुधबार छुट्टाछुट्टै कार्यक्रम गरी बिदाइ गरेका हुन् । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौंमा सरुवा भएर गएका छन् ।

बिदाइ कार्यक्रममा डिएसपी न्यौपानेले भने, ‘आफू यहाँ रहँदा जे जस्तो भूमिकामा रहेँ, कहिलेकाहीँ अनुसन्धान प्रक्रियाका कारणले सूचना दिन ढिलाइ गरे हुँला ।’ महासंघका सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, प्रदेश पार्षद् विकास चाम्लिङ राईलगायतले खदा ओढाएर सम्मान प्रकट गरेका थिए ।