धरान । कोरोना महामारीका बीच भारतीय जनता पार्टी (बीजेपी) का दिल्ली अध्यक्ष मनोज तिवारीलाई पदमुक्त गरिएको छ ।

अध्यक्ष तिवारीलाई हटाएर उनको स्थानमा आदेशकुमार गुप्तालाई जिम्मेवारी दिइएको छ । बीजेपीले तिवारीलाई सन् २०१६ मा प्रदेश अध्यक्षमा निर्वाचित गरेको थियो । अध्यक्ष पद प्राप्त गरेका गुप्ता एनडीएमसीका पूर्व मेयर हुन् । हाल उनी वेस्ट पटेल नगरका पार्षद् हुन् ।

गएको फेब्रुअरीमा भएको विधानसभाको चुनावमा बीजेपीले नराम्रो हार बेहोरेको थियो । उक्त चुनावमा आम आदमी पार्टीले बीजेपीलाई ७ सिटमा सीमित गरिदिएको थियो । ७० सिट भएको दिल्लीमा ६३ सिटमा आम आदमी पार्टीले जितेको थियो ।