धरान । सञ्चारकर्मीसमेत रहेकी गायिका सरिता भारतीको देशै रोयो कोरोनाको भिडियो गीत सार्वजनिक भएको छ ।

उनलाई चेतन गोतामेले साथ दिएका छन् । उनी नेपाल लोकस्टारका रनरअप हुन् । उनीहरूलाई थप साथ महेशबिक्रम पाण्डे र पूजा गुरुङले पनि साथ दिएका छन् । सागर प्रधानले लेखेको गीतमा संगीत पनि उनकै छ । युट्युबमार्फत् भिडियो रिलिज गरिएको छ । गायक चेतन र गायिका सरिताले मुख्य अभिनय गरेका छन् । बिक्रम चौहानले गीतको निर्देशन गरेका हुन् । गीतकार सागरले समसामयिक शब्द संगीत तयार पारेपछि यो गीत बजारमा ल्याइएको हो ।