विजयपुर । सुनसरीमा प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले इटहरी, देवानगञ्ज र बराहक्षेत्रका छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीका क्रममा ब्राउन सुगरसहित गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–७ बज्राहा मुसरीटोलमा लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा ४६ वर्षीय दिनेश चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनको साथबाट ब्राउन सुगर ०.८७ ग्राम र ३.९४ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

देवानगञ्ज गाउँपालिका–७ मा गाँजा लुकाइछिपाइ राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टोलीले एक मिलघरमा खानतलासी गर्दा १.९६ किलोग्राम गाँजा बरामद गरेको छ । उक्त घटनामा देवानगञ्ज–७ का १९ वर्षीय रामबाबु यादव तथा भारतको अररिया जिल्ला सोनापुर पञ्चायत–६ का १९ वर्षीय सोनु मेहता र पोसदाहा पञ्चायत–६ का २६ वर्षीय सुमित संगम मेहतालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिका–१६ मित्तेरी टोलमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले इटहरी–१७ का १९ वर्षीय अबु खानलाई नियन्त्रणमा लिएको छ । खानको साथबाट ब्राउन सुगर ०.१९ ग्राम बरामद भएको प्रहरीको भनाइ छ । इटहरी–१० स्थित डिभिएम बोर्डिङ नजिकबाट १७ वर्षीय शिबु मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट ०.३९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

बराहक्षेत्र नगरपालिका–११ मधुवन बुधबारेमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले ४० वर्षीय कर्णबहादुर राईलाई नियन्त्रणमा लिएको छ । लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश ०१–०२–०५१ प ४८०१ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनको साथबाट