धरान  / भारतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ४ हजार ५ सय ३४ पुगेको छ ।
भारतमा एक लाख ५८ हजार ८६ जना संक्रमित छन् । इण्डिया टुडेका अनुसार ६ हजार २४ घण्टामा देखा परेका केस हुन ।

भारतमा संक्रमण तिव्र रुपमा फैलिएको छ । यद्यपी निको हुनेको संख्या पनि बढेको सरकारी अधिकारीहरुले बताएका छन् । हालसम्म ६७ हजार ७ सय ४९ जना निका भएका छन् । सरकारी अधिकारीका अनुसार निको हुनेको संख्या ४२ प्रतिसतले बढेको दावी गरिएको छ ।

भारतीय स्वस्थ्य मन्त्रालयका अनुसार तामिल नाडुमा ८१७ वटा नयाँ केस देखिएको छ । भारतको महाराष्ट्र, गुजरात, राजास्थान, उत्तराखण्ड, पश्चिमबंगाल, त्रिपुरा,आसाम, उडिसा,कर्नाटक, केरला, आन्द्र प्रदेश नयाँ दिल्लीमा बढि संक्रमण फलिएको छ ।
भारतमा शैक्षिक संस्थाहरु खुलेका छैनन् । तर आन्तरिक उडानहरु यो हप्ता खोलेको छ ।