धनकुटा/धनकुटामा वुधवार साँझ आएको अविरल वर्षा सहितको हावाहुरीले गर्दा दर्जनौ स्थानमा क्षति पु¥याएको छ ।

हावाहुरीको कारण विधुतुका पोल लडेकाले १८ घण्टा भन्दा वढी धनकुटा जिल्लामा विधुत अवरुद्ध भएको छ । हावाहुरीले गर्दा विभिन्न स्थानमा विधुतको पोल लड्दा तार चुडिएर विधुत अवरुद्ध भएको नेपाल विधुत प्राधिकरण धनकुटा केन्द्रले जनाएको छ ।

केन्द्रको प्रमुख दिपक सापकोटाका अनुसार हावाहुरीको कारण वुधवार साँझ ६५ भन्दा वढी पोल ढलेको जनाए । हावाहुरीले कति क्षति पु¥यो हालसम्म एक्कीन हुन नसकेको उनले वताए । जताततै विधुतको पोल डलेका कारण विधुत अवरुद्ध भएपछि मर्मतको लागी डेडदर्जन भन्दा वढी कर्मचारी खटाएको उनले वताए । उनले भने–जिल्लाभरीको विधुत सूचारु हुन एक हप्ता भन्दा वढी लाग्न सक्छ ।

जिल्ला सदरमुकाम धनकुटा वजार सहित जिल्लाको उत्तरपानी, कुपापानी, सुकेपानी लगायतका स्थानमा वढी मात्रामा विधुतका पोल ढलेको उनले वताए । धनकुटाका ११ हजार भोल्ट प्रवाह हुने २० वटा र सहायक लाईनका ५० वटा भन्दा वढी विधुतको पोल ढलेको प्राविधरणको मर्मत शाखाले जनाएको छ ।