• रमेश थापा

पाँचथरको कुम्मायक गाउँपालिका ३ को सिम्राघाटमा स्काभेटर डुवेको छ । लकडाउनको समयमा काम गर्दै आएको स्काभेटर तमोर नदिमा डुवेको हो । तमोर कोरिडोर सडक निर्माणको गर्दै आएको बिरुवा कन्ट्रक्सन प्रालिको स्काभेटर सहित चालक र योजनाका साइट इन्चाज गरी दुई जना डुवेका थिए । तमोर नदिको किनारमा काम गर्दा गर्दै अचानक बाढी आएपछि स्काभेटर डुवेको निर्माण कम्पनीका साइट इन्चाज लोकेश कार्कीले बताए । उनि सहित चालक तमोर नदिमा चार घण्टासम्म थुनिएका थिए । 

निर्माण कम्पनीले तमोर खोलाको ठेक्का लिएको थियो । ठेक्का सम्झौता जेठ मसान्तसम्म थियो । सडकमा आवश्यक कर्चापदाथ संकलनमा खटिएको अवस्थामा स्काभेटर तमोरमा डुवेको हो । तमोर नदिको किनारमा काम गर्ने क्रममा अचानक बाढी आउँदा यस्तो घट्ना घटेको कार्कीले बताए ।

उनिभन्छन् तमोरमा डुवेको स्काभेटर बकेटमा ४ घण्टासम्म बस्याै‌ । चारै तिरबाट नदिले घेरा हालेको थियो । बाहिर निस्कने कुनै उपाय थिएन । अर्को स्काभेटरले नदिको पानी कटाउदै ग्रावेल हाल्दै आयो । तर त्यो मिसिन पनि बीच आएर अलपत्र जस्तै भएको थियो । लामो समयको प्रयासपछि त्यो स्काभेटरको बकेटमा चढेर बाहिर निस्कन सफल भयौ, कार्कीले भने । 

तमोर नदिमा डुवेको स्काभेटर निकाल्न बाढी आएकाले समस्या छ । बाढी कम हुन साथ निकाल्ने गरी तयारी गर्दै आएको निर्माण कम्पनीले जनाएको छ । पाँचथरको गणेश चोकदेखी धनकुटाको मुलघाटसम्म सात वटा निर्माण कम्पनीले उत्त सडकमा काम गर्दै आएका छन । लक डाउनको समयमा पनि बिकाशको काम हुदै आएको छ । तर तमोर आसपासमा काम गर्दै आएका निर्माण कम्पनीले यो घट्नासंगै उच्च सावधानी अपनाउँनु पर्ने देखिएको छ ।