धरान । नेपाली सेनाको टोली भारतले मिचेको भूमि लिपुलेक क्षेत्रमा पेट्रोलिङका हिँडेको छ ।

सुर्खेतबाट १५ जनाको टोली हालै नेपालको नक्सामा अंकित भएको क्षेत्रको पेट्रोलिङका लागि हिँडेको हो । हवाई गस्तीका लागि नेपाली सेनाको हेलिकोप्टरमा १० जना र अर्को हेलीमा ५ जनाको टिम त्यसतर्फ प्रस्थान गरेको सुर्खेतबाट भोलामान गुरुङले जानकारी दिए ।

नेपाल सरकारले नीति तथा कार्यक्रममा नेपालको नक्सा सच्याउने निर्णय गरेसँगै नयाँ नेपालको नक्सा सार्वजनिक गरेको थियो । भारतले मिचेको नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई जोडेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतमा  यसको पक्ष र विपक्षमा तर्क सुरु भएका छन् । 

नयाँ नक्सा सार्वजनिक गरेसँगै राष्ट्रियसभाका सदस्यहरूले प्रयोग गर्ने लोगो (प्रतीक) पनि परिवर्तन गरिएको छ । उक्त क्षेत्रमा नेपाल सरकारले सीमा सुरक्षा बललाई तैनाथ गरेको छ भने भारतले पनि सीमा सुरक्षा बल (एसएसबी) लाई तैनाथ गरेको थियो । सुगौली सन्धिको समयमा भने उक्त भूमि नेपालको रहेको तथ्याङ्कहरू पाइन्छन् । पछिल्लो समय भारतले चीनको तिब्बतमा पर्ने मानसरोबर क्षेत्रमा पुग्ने सडक निर्माण गरेपछि तीव्र आलोचना भएको थियो ।

सरकारले पनि नीति तथा कार्यक्रममा समेट्दै नयाँ नक्सा जारी गरिसकेको छ । सुर्खेतबाट गुरुङले बिहान करिब ८ बजेतिर पेट्रोलिङका लागि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको फेसबुक म्यासेञ्जरबाट जानकारी दिए ।