धरान  / प्रेस संगठन नेपाल सुनसरीले आज जनपक्षिय पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकलाई स्मरण गरेको छ । 
उनको १८ औं स्मृति दिवसको अवसरमा डिजिटिल अन्तर्क्रिया गरेको छ । अन्तर्क्रियामा प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहालले कृष्ण सेनको विषयमा जानकारी गराएका थिए । 
यस्तै अन्तक्र्रियामा प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत, प्रदेश १ इञ्चार्ज लिलाराज भट्टराई, प्रदेश १ संयोजक राजन केडी, संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की, केन्द्रीय समिति सल्लाहाकार भवानी बराल, नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुइटेललगायतले कृष्ण सेनबारे धारणा राखेका थिए । 

संगठनको सुनसरी संयोजक श्रीशिशा राईको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश इञ्जार्च विश्वमणी सुवेदी,  केन्द्रीय सदस्य गंगा बराल, नेपाल पत्रकार महासंघ सुनसरी उपाध्यक्ष शुभद्रा प्याकुरेललगायतको सहभागिता रहेको थियो । 

पनपक्षिय कलम चलाउदैं आएका स्व. कृष्ण सेनलाई २०५९ सालमा शाही सरकारले पक्राउ गरि एक साता पछि निर्मम रुपमा हत्या गरेको थियो । बहुप्रतिभाशाली कृष्ण सेनलाई प्रहरीले क्रर यातना दिएर हत्या गरेको थियो ।