पथरीशनिश्चरे/मोरङको पथरी शनिश्चरे नगरका दर्जनौं घरमा हावाहुरीले क्षति पुर्याएको छ ।

सोमबार रातीको हावाहुरीले सवैभन्दा वढी वडा नम्वर ४ को कुशलचोक क्षेत्रमा क्षति पुर्याएको छ । हावाहुरीले त्यहाँकी गीता ठकुरीको इँटाको पर्खाल भएको घर पूर्णरुपमा भत्काएको छ । राती सुतिरहेको अवस्थामा छानो समेत उडाएर पर्खाल भत्किदा ठकुरी र उहाँका छोरा आइसलाई चोट समेत लागेको छ ।

त्यसका साथै सो वडाका जानुका तामाङ, कालिबहादुर aस्नेत, पार्वता श्रेष्ठ, लीला आचार्य, मोहन निरौलाको घरको छानो उडाउनुका साथै बेराबारामा समेत क्षति पुगेको छ ।

शिव श्रेष्ठको फर्निचर उद्योगको छानो उडाएको र ब्राइट सनराइज स्कुलको झ्यालको शिशा फुटेको छ ।

त्यसै गरी, वडा नम्बर ६ मा बाल विकास केन्द्रको छानो उडाएको र रुद्रबहादुर कटुवालको घरको समेत छानो उडाएको छ । वडा नम्वर १० स्थित जागृति टोलको मुहसरवस्तीका २ घरमा रुख लडेर क्षति पुगेको छ । जिरिखिम्तीको जनक खड्काको कुखुरा फारमको छानोमा क्षति पुर्याएको छ । विभिन्न वडाका अन्य घरहरुमा पनि हावाहुरीले सामान्य क्षति पुर्याएको छ । मकैबालीमा समेत क्षति पुगेको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, सम्वन्धित वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि र प्रहरीबाट मंगलबार क्षतिको अवस्थाको अवलोकन गरिएको छ ।