धरान । कोरोनाको मिल्जोजुल्दो लक्षण देखिएर होम क्वारेन्टाइनमा रहेकी सप्तरी कञ्चनरूपकी एक गर्भवती महिलाको मंगलबार बिहान मृत्यु भएको छ ।

उनलाई अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित रहेकी कञ्चनरूप ११ ठेलियाकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको हो । उनी १८ साताकी गर्भवती रहेकी थिइन् । स्वास्थ्य कार्यालय सप्तरीले गर्भवती होम क्वारेन्टाइनमा रहेकी थिइन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले अत्यधिक ज्वरो र श्वासप्रश्वासको समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको बताए । 

दश दिनदेखि एक सय २ डिग्री ज्वरो आइरहेकी ती गर्भवती महिलाको गत बिहीबार राजविराज ल्याएर उपचार गराएका थिए । कोरोनाको लक्षण झैं देखिएकाले उनको स्वाब लिने तयारी गरिरहेको समयमा उनको मृत्यु भएपछि थप शंका उत्पन्न गराएको छ ।