• विवेक मिश्र

मोरङ / कोरोना भाइरसका कारण लकडाउन हुदाँ जनताले भने सिटामोलसमेत पाइरहेका छैनन् । तर मोरङमा भने २० वर्ष अघी भारतीय सरकारी औषधि कम्पनी (एनटीसी)को ३४ करोड र सुवर्ण फर्मासिटिकल र वीपी स्वास्थ विज्ञान प्रतिष्ठान को ११ करोड गरी कुल ४५ करोडको लगानीमा निर्माण भएको उक्त भवन एक जना हेरालुको भरमा छ । 

मोरङको सुन्दरहरैंचा ११ स्थित कर्जुनामा २० वर्ष अघि निर्माण भएको सुवर्ण भर्मासिटिकल औषधि कारखाना संचालन हुन नस्कदा करोडौका भौेतिक संरचनाहरु लागुऔषध दुव्र्यसनीको अखडाको रुपमा परिणत बन्दै गएको छ ।
 पाँच विगाहा क्षेत्रफलमा ३ वटा ब्लकमा फैलिएको यो औषधि कारखानामा २ सय ५० भन्दा वढि कोठा रहेका छन् । उक्त औषधि कारखाना संचालनमा नआउदा भवनहरु दिनदिनै जिर्ण समेत बन्दै गइरहेका छन् । उक्त कारखानाको २०५५ सालमा नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालले  शिलान्यास गरेका हुन् ।

गत माघमा वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काठमाण्डौमा बसेको सिनेट बैठकले अर्को बैठकमा तत्काल त्यस (औषधी कारखाना)को सम्पुर्ण कार्ययोजना ल्याएर प्रस्ताव पेस गर्ने निर्णय भई ततकालिन उपकुलपतिलाई निर्देशन दिएको थियो ।

कोरोना माहामारीको कारणले अर्को बैठक बस्न सकेको छैन तर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई कार्ययोजनाको विषयमा निर्देशन दिईसकेको हनाले उक्त सुवर्ण फर्मासिटिकल संचालनमा आउने कुरामा सबै नागरीक ढुक्क रहन प्रदेश साँसद तथा प्रतिष्ठानका सिनेटर राजकुमार ओझा बताउछन् । 

मोरङको ३ नम्बर क्षेत्र बाट बिजयी बनेका भानुभक्त ढकाल हाल स्वास्थ्य मन्त्री रहेका छन् तर त्यहि क्षेत्र भित्र रहेको औषधि कारखाना संचालनमा मन्त्री ज्युले चासो नदेखाएको स्थानीय होमनाथ पोख्रेल बताउछन् । चुनावको समयमा सबै राजनैतिक दलले पुर्वाञ्चल विश्व विद्यालय गोठगाँउ र सुवर्ण फर्मासिटिकल औषधि कारखाना कर्जुनालाई पहिलो प्राथमिकतामा राखेर आफ्नो घोषणा पत्र बनाए तर त्यो घोषणा पत्रमै सिमित भएको देख्दा जनता निराश भएको स्थानीय पोख्रेल बताउछन् ।

निर्माण कार्य सम्पन्न भएपछि निर्माणको ठेक्का लिएको तुण्डी कन्ट्रक्सनलाइ सरोकार वाल निकायले रकम दिन सकेन र पुरा रकम नदिएपछि उक्त कम्पनिले अदालतमा मुद्धा हालेर मोटो रकम असुलेपछि सुवर्ण फर्मासिटिकल र प्रतिष्ठानको बिबाद बढ्दै जाँदा २० बर्षदेख भवन अलपत्र बनेको स्थानिय अगुवा उद्धव सापकोटाले बताउछन् ।