धरान । मिर्गौला पीडित सङ्घको तदर्थ समिति गठन भएको छ ।

समितिको अध्यक्षमा माबहादुर बगजाई रहेका छन् । त्यस्तै समिचिको उपाध्यक्षमा उत्तम राई, सचिवमा विशाल मोक्तान तामाङ, सहचिवमा शशिकला खवास, र कोषाध्यक्ष रेनुका श्रेष्ठ चयन भएका छन् । यसै गरी सदस्यहरूमा महेन्द्र विक, मंगलबहादुर माझी, ललितबहादुर गुरुङ, मनकुमार गोले, निशा राई र श्यामकुमार अधिकारी रहेका छन् । त्यस्तै सल्लाहकार समितिमा रामबहादुर तामाङ, मेनुका मगर र विष्णु माया राई रहेका छन् । 

समिति चाँडै नै जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गराउँदै नेपाल सरकारले मिर्गौला रोगको हकमा नेपाल सरकारले प्रदान गरेको सम्पूर्ण सेवासुविधाका उपलब्ध गराउन पहल गर्ने, हेमोडायलसिसमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू अभाव हुने गरेकाले त्यसविषयमा पनि तत्काल समाधानका लागि प्रयास गर्ने निर्णय गरिएको छ । 

त्यस्तै प्रदेश १ मा हुने हेमो डायलसिस सेन्टरमा स्थानीय समिति गठन गर्नेलगायतको निर्णय भएको उपाध्यक्ष उत्तम राईले जानकारी दिए ।