धरान । विश्व शान्ति तथा कोरोनाबाट मृत्यु भएकाहरूको मोक्षप्राप्तका निम्ति धरान–७ वडाध्यक्ष जीवन सुवेदीले चण्डी रुद्री तथा वेद पाठ गराएका छन् ।

वडाध्यक्ष सुवेदीले सात ब्राह्मण पण्डितहरूलाई राखेर धरान–७ स्थित राम मन्दिर परिसरमा चण्डी रुद्री तथा वेद पाठ गराएका हुन् । धार्मिक कार्यक्रमबाट विश्व शान्ति हुने अपेक्षा राखिएको छ ।