यासोक । पाँचथरको तुम्बेवा गाउँपालिकाले “कामको लागि खाद्यन्य” अभियान सुरु गरेको छ । गाउँपालिकाले विपन्न समुदायका नागरिकलाई लक्षित गर्दै कामको लागि खाद्यन्य भन्ने अभियान सुरु गरेको हो । 

गाउँपालिकाले विपन्न नागरिकलाई सार्वजनिक स्थल, सडक लगायतका स्थानमा जनसक्ती परिचालन गर्ने भएको छ । दैनिक ज्याला मज्दुरी गर्ने नागरिकलाई रोजगारी दिने उदेश्यले यो अभियान संचालन गरेको गाउँपालिकाले जनाएको छ । लक डाउनको समय लम्बिएसंगै गाउँपालिकाले दोस्रो चरण अन्तरगर्त कामको लागि खाद्यन्य भन्ने अभियान सुरु गरेकोे हो । 

कामको लागि खाद्यन्य अभियानमा संलग्न नागरिकले दैनिक ७ केजीको दरले चामल प्राप्त गर्ने गाउँपालिका अध्यक्ष होमनाथ थापाले जनाए । अति विपन्न समुदायका नागरिकको हकमा एकै घरका २ देखि ३ जनासम्मलाई रोजगारी दिने गाउँपालिकाले लक्ष्य लिएको उनले बताए । 

श्रमिकलाई सडकको नाली निर्माण र सडकका खाल्डाखुल्डी पूर्ने काममा प्रयोग गर्ने थापाको भनाइ छ । कामको लागि खाद्यन्य अभियानमा एक हजार बढि घरधुरीलाई समावेश गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ । सबै  वडावासीलाई यो अभियानमा संलग्न गर्न गाउँपालिकामा दुई सय टन चामल मौजात राखेको कार्यालयले जनाएको छ ।