यासोक पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई गोरखा वेल्डफेयरले सहयोग गरेको छ कोरना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि बिभिन्न सामाग्रीहरु गाउँपालिकालाई सहयोग गरेको हो ।

गोरखा वेल्फेयरको ट्रस्ट धरानको प्राविधिक सहयोगमा धारा सहितको ५ सय लिटर ड्रम, सेनिटाइजर, सर्जिकल माक्स, ग्लोप, हेड्वासिङ लगायतका सामाग्री सहयोग गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ को आङसराङ स्वास्थ्य चौकी, वडा नम्बर ४ को चिलिङदिन स्वाथ्य चौकीमा उक्त सामाग्री बितरण गरेको छ । त्यस्तै राँके हेल्प डेक्स र गाउँपालिका कार्यालयमा संस्थाले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले बताए ।

कोरना भाइरस कोभिड १९ को जोखिमसंग लड्न उक्त सामाग्रीले ठुलो सहयोग गर्ने गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङले बताए । भारतसंग सिमा जोडिएको गाउँपालिका कोरना भाइरसको उच्च जोखिममा छ । यस्तो अवस्थामा वेल्फेयरले ४ वटा धारा जडित ड्रम, ९ सय वटा सर्जिकल माक्स, २ हजार ४ सय जोडी ग्लोप, ५ सय एमएलको ८० वटा सेनिटाइजर लगायतका सामाग्री बितरण गरेको गाउँपालिकाले जनाएको छ ।