धरान । सुनसरीको हरिनगरा गाउँपलिका–७ कविलासामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार अपरान्ह करिब साढे २ बजेतिर घुस्कीबाट देवानगञ्जतर्फ जाँदै गरेको अवस्थमा को २ प ८८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा देवानगञ्ज–२ का २५ वर्षीय सजिम अन्सारीको मृत्यु भएको हो । उनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा साँझ ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।