पाँचथर / जिल्लास्थित सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा गरिएको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना प्रकोपकाबीच अग्रभागमा रहेर काम गर्ने जिल्लाका आठ पत्रकार सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी ११८ जनाको गत मंगलबार स्वाब संकलन गरिएको थियो ।

जिल्ला अस्पताल पाँचथर परिषरमा स्वाब संकलन गरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर बिधिबाट परिक्षण गर्न पठाइएको थियो । कोरोना परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । 

यो सँगै हालसम्म जिल्लाका १७१ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको सहयक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए । त्यस्तै जिल्लामा एक हजार २८७ जनाको आरडीटी परिक्षण गरिएको छ ।

आरडीटी गरिएकामध्ये एक जनाको नतिजा पोजेटिभ आएको थियो । उनको पनि पीसीआर गर्दा भने कोरोना संक्रमण नभेटिएको बताइएको छ ।