पाँचथर /  पाँचथरमा क्रियाशील ३५ जना पत्रकारहरुको कोरोना बिमा गरिने भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले गृह जिल्लाका पत्रकारहरुको कोरोना बिमा गरिदिने भएका हुन् ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखा मार्फत् केन्द्रीय सदस्य आङदेम्बेले पत्रकारहरुको कोरोना बिमा गरिदिन लागेका हुन् । कोरोना प्रकोपकाबीच पनि नागरिकलाई सु–सूचित गराउन फिल्डमा खटिरहेका गृहजिल्लाका पत्रकारहरुको मनोवल उच्च राख्न कोरोना बिमा गरिदिन लागेको आङदेम्बेले बताए ।

मापदण्ड बनाएर पहिलो चरणमा जिल्लामा क्रियाशील ३५ जना पत्रकारहरुको कोरोना बिमा गरिने महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाले बताए । पहिलो चरणमा छुटेका पत्रकारहरुको पनि क्रमशः कोरोना बिमाका लागि पहल गरिने अध्यक्ष ढुंगानाको भनाई छ ।