मेची अञ्चल अस्पतालमा कोरोना उपचार केन्द्र बनाउने तयारी 

alt
  • जेठ १०, २०७७
  • ब्लाष्ट खबर

भद्रपुर /  झापामा भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ । सरोकारवालाको पटक–पटकको छलफल पछि शनिवार यसको अन्तिम टुङ्गो लागेको हो ।

प्रदेश सभा सदस्य सांसद बसन्त बानियाँले मेची अस्पतालको नव निर्मित भवन कोरोना अस्पतालका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको बताए । अरु विकल्पमा छलफल भए पनि सबै हिसावले मेचीको नयाँ भवन उपयुक्त हुने निष्कर्षमा पुगेको उनले बताए  । कोरोना अस्पताल १०० बेडको क्षमताको हुनेछ ।

कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताए । केही जनशक्तिको व्यवस्थापन भइसकेको छ । कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि टुङ्गो लागेको सांसद बानियाँले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीको तालिम हलमा पीसीआर प्रयोगशाला सञ्चालन हुनेछ ।

प्रदेश सरकारले झापामा एउटा कोभिड अस्पताल र पीसीआर प्रयोगशाला निर्माण गर्ने निर्णय गरेपछि सरोकारवालाहरु छलफलमा जुटेका थिए । कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र, मेची अञ्चल अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको थियो ।

अहिलेसम्म झापामा ३६ जनामा कोरोना संक्रमण भइसकेको छ । जसमध्ये ३३ जना कचनकबल र १ जना झापा गाउँपालिकाका छन् । बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका एक एक जना निको भएर घर फर्किसकेका छन् ।

‘निजी विद्यालयको शुल ...

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले एक हप्ता भ ...

प्रदेश १ मा ९२ संक्र ...

विराटनगर । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका ...

बुधबार ८,३००  नमुना ...

ब्लाष्टखबर । देशभर पछिल्लो २४ घण्टामा  ८ हजार ...

नेपाली कांग्रेसका वर ...

ब्लाष्टखबर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved