धरान  / स्वास्थय तथा जनसंख्या मनत्रालयको पछिल्लो अपडेट अनुसार   थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका छन् । 

झापामा १ जना, बाँकेमा २७ जना, बैतडीमा चार जना, बर्दियामा एक जना र सुर्खेतमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस व्रिफिङमा उल्लेख गरेका छन् । 

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा एक जना, झापाको झापा गाउँपालिकामा एक जना संक्रमित भेटिएको मन्त्रालयले जानकारी दिएको छ । 
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय ८४ पुगेको छ ।
हालसम्म ७० जना निको भएर घर फर्केका छन् । अझै ५११ जना आइसोलेसनमा रहेका छन् । ४५ हजार ९ सय ६० पिसिआर परीक्षणमा ५८४ मा संक्रमण देखिएको हो । हालसम्म नेपालमा ३ जनाको ज्यान गएको छ । विश्वमा ३ लाख ३१ हजार भन्दा बढिको मृतयु भइसकेको छ भने ५० लाख ६१ हजार भन्दा बढि संक्रमित भएका छन् ।

update 1