भोजपुर । संघिय सांसद सुदन किराती चामलको बोरा बोकेर भोजपुरवासीको डेरा डेरामा राहत सामाग्रीका साथ पुगेका छन । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण बन्दाबन्दीमा परेका काठमांडौमा बस्दै आएका जिल्लाबासीका डेरा डेरामा सांसद किराती राहत सामाग्री लिएर पुग्ने गरेका हुन ।

भोजपुरबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित सांसद किराती समस्यामा परेका जिल्लाबासीको कोठा खोज्दै दैनिक रुपमा राहत वितरणमा व्यस्त रहेको उनका स्वकिय सचिव तिर्थराज पराजुलीले बताए । सांसद किरातीले हाल सम्म भोजपुर घर भई काठमांडौमा डेरा भाडामा बस्दै आएका ८ सय ३१ घर परिवारलाई राहात सामाग्री वितरण गरि सकेका छन ।

यस्तै कालिकोट, कैलाली, नेपालगञ्ज, सिराहा, ओखलढुङ्गा, पाँचथर, बर्दिया, जुम्ला, बझाङ्ग, रोल्पा लगाएत अन्य जिल्लाका ८१ घर परिवारलाई पनि राहात सामाग्री वितरण गरिएको छ । जसबाट ९ सय १२ घर परिवारका ४ हजार ५ सय ६० जना प्रत्यक्ष रुपमा लाभाम्वित भएका छन । राहात दुई देखि ४ जना सम्मको परिवारलाई २५ देखि ३० केजी सम्मको (एक बोरा )चामल , ५ देखि ७ जना सम्मको परिवारलाई ६० केजी (२ बोरा) चामल वितरण गर्ने गरिएको सांसद किरातीले बताए ।

98191731_2946902428738819_361114897423007744_o

उनले भने “सुत्केरी, गर्भवती, अपाङग, जेष्ठ नागरिक, ज्यालादारी मजदुरी गर्ने, बिद्यार्थी लगाएतलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण भैरहेको छ , फोनमा समस्या भएको जानकारी पाउन साथ डेरा खोज्दै राहत लिएर जाने गरेको छु , जनप्रतिनिधी भएको हैसियतले समस्यामा परेका जनताको डेरामा बोरा बोकेर पुग्दा मन खुसी हुन्छ ।”  अभियानमा आफै सम्पर्कमा आउने व्यक्तित्वहरु , चर्चित सेलिब्रेटि देखी व्यावसायी ,समाजसेवी कर्मचारीको समेत सहभागीता रहेको उनले बताए ।

सांसद किरातीका अनुसार हाल सम्म २५ हजार ९ सय ११ केजी चामल संकलन भएकोमा २५ हजार ५ सय २६ केजी वितरण गरिएको र ३ सय ७५ केजी (१५ बोरा ) चामल मौज्दात रहेको छ ।

अहिलेको छाक टार्ने चामल सकियो भनेर फोन आउने वितिmकै जुन सुकै बेला पनि राहत लिएर पुग्ने गरेको उनले व्लाष्ट खबरलाई बताए । उनले थपे “अहिले सम्मको अभियानमा नगद सहयोग गरिएको छैन ,जिन्सी सामान मात्र समस्यामा परेका जनताको कोठामै लगिदिने व्यावस्था छ , यो सहयोगले जनतामा थोरै भए पनि राहतको महशुस भएको आशा लिएको छु ।” अभियानको क्रममा सहयोगीहरुले ३३ बोरा चामल देखि १ बोरा सम्म सहयोग उपलब्ध गराएको उनले जानकारी दिए ।  

डेरामा बस्दै आएका जिल्लाबासी खुसी
राहत पाए पछि काठमांडौमा डेरामा बस्दै आएका जिल्लाबासी खुसी भएका छन । फोनबाटै समस्या सुनाउने वितिmकै सांसद किराती चामलको बोरा बोकेर कोठामै पुग्ने गरेको भन्दै उनिहरु खुसी भएका हुन । धेरै नेतालाई भोट हालेर सांसद ,मन्त्री बनाईयो ,चुनाव जिते पछि गाउ फर्केको ईतिहास छैन , तर जनताको हरेक दुखमा जोडिने नेता सुदन किराती मात्र रहेको उनिहरुको प्रतिक्रिया छ ।

अभियानमा सहभागी आम्चोक गाउपालिका ३ थिदिन्खाका दिपक राईले सांसद किरातीको जनता संग जोडिने हरेक गतिविधीबाट अन्य नेताले पनि सिक्नु पर्ने बताए । उनले भने “सांसद किरातीको यस अघि भएको जनताको प्रश्न सांसदको उतmर कार्यक्रम पनि धेरैले मन पराएका छन , नेता भए पछि जनताका हरेक दुख सुखमा जोडिनु पर्छ , चुनाव ताका मात्र जनताको घरदैलोमा पुग्ने नेताको अब काम छैन , जनता र देशलाई सुदन किराती जस्तो नेताको खाचो छ ,सांसद हुनु त सुदन किराती जस्तो पर्छ ।”