उर्लाबारी ।  शुक्रबार कोरोना संक्रमति भएका मोरङको रतुवामाई नगरपालिका वडा नं.–२ का ४१ ब्र्षिय युवक सहित तिन जनाले सिमामा सुरक्षाकर्मीलाई झुक्याएर नेपाल प्रवेश गरेका थिए ।

   बुधबार उनि सगै अन्य दुई जनाले सिमामा ढाटेर नेपाल प्रवेश गरे पनि सिमामा रहेको सुरक्षाकर्मीले नियन्त्रणमा लिएर नगरपालिकाको डोरीया आधारभुत बिद्यालयको  क्यारेनटाईनमा राखी प्रदेश नं.–१ को प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरीएको स्वाब परिक्षणको रिर्पोटमा ४१ बर्षिय युवकमा मात्र पोजेटिभ देखिएको  भए पनि अन्य दुई जनामा भने संक्रमण नदेखिएको नगर प्रमुख राईले बताउदै उनलाई उपचारको लागि कोभिड अस्पताल बिराटनगर लगिएको बताएका छन ।

    भारत सगको सिमा क्षेत्रमा रहेको आफनो नगरपालिकाबाट  रोजगारीको लागि भारत जाने र  घर आउने भएकाका कारण संक्रमणको उच्च जोखीम रहेको नगर प्रमुख रविन राईले बताउदै फर्कनेलाई नियन्त्रणमा लिने कार्य जोखीमपूर्ण भएकोले सहयोगका लागि नगरबासी समक्ष अपिल समेत गरेका छन ।

  एक साता अघि पनि नगरको वडा नं.–१ का एक युवकमा पनि मुम्बई बाट आएका एक युवकमा पनि कोरोना संक्रमण देखिए  थियो । ति युवकको हाल कोभिड –१९ अस्पताल बिराटनगरमा उपचार भईरहेको  छ । मोरङको दक्षिणी क्षेत्रमा रहेको सो नगरपालीको भारत सग जोडीएको नगरपालिका हो । खुल्ला सिमानाका कारण नेपाल भारत निर्वाध रुपमा आवात जावत हुने भएका कारण नगरपालिकाले संभावित संक्रमणको त्रासका कारण अधिकांश वडा कार्यालयहरुमा क्यारेनटाईन निर्माण गरेको छ ।