विराटनगर/लकडाउनको समयमा पनि श्रीकृष्ण प्रणामी यूवा परिसद नेपाल १ नं. प्रदेश र जिल्ला कार्य समिति मोरङले बिरामी र कुरूवाहरूलाई खाना खुवाउँदै आएको छ ।

समाजले विराटनगरस्थित नोबेल अस्पताल, कोशी अस्पताल र गोल्डेन अस्पतालमा भर्ना भएका बिरामीहरूलाई खाना खुवाउँदै आएको हो ।

राज्यले कोरोना नियन्त्रण गर्न लकडाउन गरिएको अवस्थामा होटलहरू बन्द हुने भएकोले समस्यामा परेको बेला सामाजिक कार्य अनुरूप प्रणामी समाजले खाना खुवाएकोे श्री कृष्ण प्रणामी युवा परिसर बिराटनगरका अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए ।  हस्पिटलमा भर्ना भएका बिरामी र कुरुवालाई निःशुल्क खाना खुवाउन अभियान ५१ औँ दिन पूरा भएको श्री कृष्ण प्रणामी युवा परिषदका सदस्य हरि बजगाईंले जानकारी दिए ।

यसअघि पनि श्रीकृष्ण प्रणामीले अस्पतालका बिरामी र कुरुवाहरूलाई निःशुल्क साकाहारी भोजन गराउँदै आएको थियो ।