पथरी । वैदेशिक रोजगार भारतलगायत देशबाट घर आउनेहरूलाई लक्षित गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले १ सय वेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।

कोरोना भाइरस न्यूनीकरण गर्नका लागि कानेपोखरी–६, स्थित रमाइलोको जनसेवा माविमा क्वारेन्टाइन निर्माण गने भएको हो । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले अहिले तत्काल १ सय वेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । निर्णय पछि पालिका, विभिन्न राजनितिक दलका नेता, लायन्स क्लब अफ कानेपोखरी र स्थानीय युवाहरूले शुक्रबारदेखि नै व्यवस्थापन सुरु गरेको छ । 

वैदेशिक रोजगारमा भारतलगायत विभिन्न देशबाट घर फर्किनेहरूको लागी क्वारेन्टाइन निर्माण गरेको र आवश्यकता अनुसार क्वारेन्टाइन थप्दै जाने गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले बताइन् ।

विदेशबाट घर फर्किनेहरूबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरूलाई पनि सुरक्षित बनाउन क्वारेन्टाइन व्यवस्थित गरेको स्वास्थ संयोजक रोहिन्द्रराज भण्डारीले बताए । विद्यालयको भवन वरिपरि अहिले घेराबारा भइसकेको छ । राखिने कोठाहरूको डेक्सबेञ्चहरू व्यस्थित गरिँदै र शनिबारदेखि भारतदेखि आउनेलाई राख्न सुरु गर्ने स्वास्थ संयोजक भण्डारीले बताए ।