धरान  / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्ला जानकारी अनुसार थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

मनत्रालयको ८ः३० बजेको अपडेट अनुसार  शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । 
बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

सप्तरीको बलान(बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका–९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

याेसँगै नेपालमा स‌क्रमितकाे स‌ख्या ५१६ पुगेकाे छ ।