धनकुटा / धनकुटाका एम्वुलेन्स चालकहरुले आफुहरुले कोरानाबाट संक्रमित विरामी बोक्न  व्यक्ति सुरक्षा सामाग्री(पीपीई) नपाएको गुनासो गरेका छन् । 

 उनीहरुले शुक्रवार जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा जम्मा भएर धनकुटामा दिनप्रतिदिन कोरोनाको संक्रमित वढीरहेको तर आफुहरु विरामी ओसार पोसार गर्दा सुरक्षित स्वास्थ्य सामाग्री उपयोग गर्न नपाएको गुनासो गरेका हुन् । उनीहरुले कोरोनाबाट संक्रमित विरामी धनकुटाबाट विराटनगर कोभिड अस्पतालमा पु¥याउँदा समेत कोरोनाबाट वच्न पीपीईलगायतका सामागी नपाएको उनीहरुले गुनासो गरेका छन् ।  

 आफुहरुले कोरोनाको संक्रमण वढीरहेको अवस्थामा सुरक्षित रहन आवश्यक सामाग्री माक्स, चस्मा, पञ्जा, जुत्ताजस्ता अति आवश्याक सामाग्री भरपर्दो खालको नपाएको जिल्ला रेडक्रस सोसाईटी धनकुटा शाखाका एम्वुलेन्स चालक मदन शाहीले वताए ।

उनले धनकुटाको सवै भन्दा पहिले संक्रमितहरुलाई कोभिड उपचार अस्पताल विराटनगर पु¥याएर धनकुटा आएको ३–४ दिन भै सक्दा पनि स्वास्थ्य जाँच नगरिएको गुनासो गरे । विराटनगरमा पनि राम्रोसंग एम्वुलेन्स चालक र एम्वुलेन्सलाई स्यानिटाईज नगरेको शाहीले बताए । उनले कोरोना संक्रमतिहरुलाई सम्वन्धित् स्थानमा पु¥याएर धनकुटा आउँदा पनि स्थानीय जनप्रतिनिधिले वेवास्था गरिहेको समेत गुनासो गरे । 

 शुरुमा जिल्ला स्वास्थ्य कार्यालयमा वसेको वैठकमा कोरोना लागेको विरामी नेपाली सेनाले बोक्ने भन्ने सहमती भएको तर अहिले सहमती कार्यान्वयन नभएको त्रिवेणी साँस्कृतिक समुहले संचालन गरेको एम्वुलेन्स चालक प्रभात गुरुङले बताए । उनले एम्वुलेन्स चालकहरुको एक पटक कोरोना संक्रमित बोके पछि अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग गरे ।

अन्यथा आफुहरु एम्वुलेन्स पनि नचलाउने चुप लागेर घरैमा वस्ने गुरुङले जिकिर गरे । धनकुटा–७ जिरोपोइन्टमा रहेको स्व.रत्नकुमारी लिम्वु स्मृति प्रतिष्ठानद्वारा संचालित एम्वुलेन्सका चालक सन्त लिम्वुले एम्वुलेन्स चालकहरुलाई कोभिडका विरामी वोकी सकेपछि अनिवार्य आईसोलेसनमा राख्न पर्ने माग गरे । 

 सो अवसरमा एम्वुलेन्स चालकहरुको गुनासोलाई सम्वोधन गर्दै जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरगाँईले एम्वुलेन्स चालकहरुलाई अनिवार्य कोरोनावाट वच्न सुरक्षित स्वास्थ्य सामाग्री प्रदान गर्ने वताए । उनले यस अघि पनि कोरोना संक्रमितलाई विराटनगर लाँदा प्रयोग गरिएको एम्वुलेन्सको चालकको एक हप्ता भित्र पिसिआर टेष्ट गरिने वताए । जो कोरोनाको विरामी वोकेर अस्पताल पुग्छन् ती एम्वुलेन्स चालकहरुले अनिवार्य १४ दिनसम्म क्वारेन्टाईनमा वस्नु पर्ने प्रमुख गुरगाँईले वताए ।

उनले अहिले स्वास्थ्य कार्यालय खडा गरेको क्वारेन्टाईन धनपा–४ देव्रेवासमा ३ जना एम्वुलेन्स चालकलाई राखिएको बताए ।
 हालसम्म शुक्रवार धनकुटाबाट ८४ जनाको पिसिआर परिक्षणको लागी पठाइएको छ । धनकुटामा जिल्ला अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीको परिवारलाई कोरोना संक्रमण देखिएको छ ।