भद्रपुर । भारतीय एक महिलाले आश्रय स्थलमा नै बच्चा जन्माएकी छन् । झापाको हल्दीबारी स्थित गोलधापको इटाभट्टाबाट भारत जान भद्रपुर ५ स्थित उच्चमाविमा वसेकी महिलाले शुक्रबार बच्चा जन्माएकी हुन् । 

महिलाले भारतको सोनापुर घर भएको बताएकी छन् । महिलासँगै ४६ जना विहीबार मेची किनार आइपुगेका थिए । भद्रपुर मावि मेची किनार नजिकै रहेको छ । उनीहरुको खानपानका लागि हाल स्थानीयले गरिरहेको वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्कीले बताए ।

बच्चा जन्माएपछि सुत्केरी महिलासहित श्रीमानलाइ काँकडभिट्टा नाकाबाट भारतको सोनापुर पठाउन प्रहरीसँग समन्वय भइरहेको उनले जनाए । अन्यलाइ बैधानिक रुपमा भारत पठाउन नमिल्ने भएकोले लुकिछिपी गएमा खोजी नगरिने उनको भनाइ छ ।