धरान  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रवक्ता फेरिएका छन् ।
यस अघिका प्रबक्ता डा. पशुपति चौधरीको समायावधी सकिए पछि डा.निदेश सापकोटालाई नियुक्ति गरिएको हो । ।

प्रतिष्ठानको मानसिक विभागका सहप्रध्यापक डा. सापकोटालाई उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले प्रवक्तामा आज नियुक्त गरेका हुन् ।
सन् २००५ देखि प्रतिष्ठानमा कार्यरत डा. सापकोटा यसअघि ३ बर्ष मानसिक विभागका प्रमुखको जिम्मेवारीमा थिए ।
हाल सहप्रबक्ता डा. अशोक ऐरले कोभिड–१९ को प्रतिष्ठानको गतिविधी र प्रतिष्ठानको विषयमा सूचना सहजिकरण गरिरहेका छन् ।