धरान । लामो समय बाटो विवादको रुझानमा परेको धरान–८ स्थित शहीद स्मृति माविको बालकक्षासँग जोडिएर बन्ने बाटो धरान उपमहानगरका प्रमुख तिलक राईको निर्देशनमा उपभोक्ताहरूले भत्काउन थालेपछि विवाद उत्पन्न भएको छ ।

mayor_nirdeshna

धरान उपमहानगरपालिकाले आफूहरूलाई भत्काउनका लागि लिखित अनुमति प्रदान गरिसकेको भन्दै उपभोक्ताहरूले स्कुललाई जानकारी नगराई भत्काउन थालेपछि आज बिहान विवाद उत्पन्न भएको हो । यसबारेमा धरान उपमहानगरबाट स्कुललाई कुनै पनि किसिमको लिखित पत्र तथा औपचारिक जानकारीसमेत नभएको स्कुलका प्रधानाध्यापक राम विष्टले जानकारी दिए ।

उनका अनुसार आज बिहान एक्कासी पूर्वदक्षिणतर्फको पर्खाल भत्काउन थालेपछि मात्रै थाहा हुन आएको छ । सडक विवाद करिब ४ वर्षअघिदेखिको हो । केही समयअघि भएको सहमतिअनुसार स्कुलले साढे ७ फिट र सम्बन्धित उपभोक्ताले ७ फिट छाड्ने तर, हाल सञ्चालन भइरहेको बाल कक्षाको भवनहरू उपयुक्त विकल्प नभएसम्म नभत्काउने उल्लेख भएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले बताए ।

shadid_school_dharan (2)

बिहीबार बिहान हुँदै गरेकाे छलफल ।

‘‘उपभोक्ताले पनि ७ फिट छाड्ने र स्कुलले पनि साढे ७ फिट छाड्ने भन्ने यही सहमति भएको होइन’ उनले विवाद समाधानका लागि बसेको बैठकमा भने, ‘५ लाख उपभोक्ताले र ५ लाख स्कुलले दिने भन्ने पनि सहमति हो नि । त्यो बेला टहरो भत्काउँदा विकल्प दिएर भत्काउने भन्ने होइन ।’

तर, अहिले के आधारमा ‘मेयरको ठाडो आदेशमा भत्काउनु भनेर तपाईंहरूले भत्काइरहनु भएको छ’ भन्दै प्रतिप्रश्न गरे । उपभोक्ता समितिमध्येकै स्थानीयसमेत रहेका जुद्ध लोहनीले हिजो कांग्रेस, एमाले, माओवादी सबैले सहमति गरेको बताए । उनले सबैलाई सम्बोधन हुने गरी सहमति गरेर जानुपर्ने बताए । ‘बाटो बनाउने कुरामा त सबै पार्टी, संस्थाहरूले सहमति गरेका छन्, सबैलाई सम्बोधन गर्ने गरी समाधान खोजिनुपर्छ’–उनले भने । उपभोक्ताहरू भने सडकका लागि स्कुलले जग्गा छाड्नु पर्ने अडान कस्दै आइरहेका छन् भने स्कुलले पनि विकल्प दिएर मात्रै भत्काउने अडान लिएको छ ।

सहमतिअनुसार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले २०७७ जेठ ७ गतेबाट निर्माण कार्य सुरु गर्न निर्देशन दिएको देखिन्छ । उपभोक्ता समितिलाई जेठ ६ गतेको बैठकले यस्तो निर्देशन दिएको देखिन्छ । शहीद स्मृति मार्ग सडक तथा ढल निर्माण समितिका अध्यक्ष आइतराज लिम्बूको अध्यक्षतामा बसेको बैठकले सडक तथा ढल निर्माण गर्ने भनी स्कुललाई जानकारी गराएको देखिन्छ । स्कुललाई मंगलबार (जेठ ६ गते) सडक तथा ढल बनाउने विषयमा जानकारी गराएको छ ।

shadid_school_dharan (3)

२०७६ कात्तिक २५ गतेकाे निर्णय

shadid_school_dharan (5)

२०७६ असाेज २५ गतेकाे निर्णय

shadid_school_dharan (5)

२०७६ साल कात्तिक २५ गते उपमहानगरका तत्कालीन कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा बसेको बैठकले दुई बुँदे प्रस्ताव राख्दै निर्णय गरेको छ । त्यो बेलामा पहिलो निर्णयमा शहीद स्मृति माविको पूर्वतिरबाट दक्षिणतर्फ जाने १४ फिटको बाटो निर्माण गर्ने र बाटोका लागि आधाआधाको सिद्धान्त बमोजिम निर्माण गर्ने निर्णय गरेको छ ।

त्यस्तै दोस्रो प्रस्तावमा बाटो निर्माण गर्दा विद्यालयले ८ फुट जग्गा योगदान गर्ने र विद्यालयले बाँकी ६ फिटबापत प्राप्त गर्ने मूल्यको यथार्थ मूल्याङ्कन गरी विद्यालयलाई क्षतिपूर्ति दिने निर्णय गरिएको छ । बाटो र भौतिक संरचनाको पुनः स्थापनाका लागि प्राविधिकले यथार्थ मूल्याङ्कन गरी उपभोक्ताको तर्फबाट एकमुष्ट ५ लाख रुपैयाँ योगदान गर्ने र बाँकी नगरपालिकाको योगदान रहने निर्णय गरिएको छ । जसमा स्कुलका प्रअ रामबहादुर विष्टले पनि हस्ताक्षर गरेका छन् ।

shadid_school_dharan (4)

उपभाेक्ताले स्कुललाइ दिएकाे पत्र