धरान । विपन्न कृषकहरूलाई इटहरी उपमहानगरपालिकाले कोरली गाई वितरण गरेको छ ।

इटहरी–२० का २५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले संयुक्त रूपमा २५ वटा कोरली गाई हस्तान्तरण गरे । गाई प्राप्त गरेपछि कृषकरू खुसी देखिए ।

नगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको हो । कृषकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरूप गाई प्रदान गरिएको मेयर चौधरीले बताए । दूधमा इटहरीलाई आत्मनिर्भर बनाउने अपेक्षा नगरको छ । इटहरी १ र २ नम्बर वडामा पनि गाई वितरण गर्ने तयारी थालिएको छ । इटहरीले आन्तरिक स्रोतबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।