धरान । बुधबार २५ कोरोना भाइरसका संक्रमित थपिएका छन्। याेसँगै नेपालमा संक्रमितकाे संख्या ४२७ पुगेकाे छ।

थपिएका संक्रमित मध्ये १८ पुरूष र ७ महिला रहेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन् ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जाानकारी गराइएकाे छ।