धरान /  एक नम्बर प्रदेशबाट बुधबार थप आठ जना कोरोना संक्रमणबाट निको भएका छन् । कोरोनालाई जितेर विराटनगरस्थित कोभिड–१९ अस्पतालबाट डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय, २८ वर्षीय, ४० वर्षीय, र भारतीय नागरिकहरू २२ वर्षीय, २५ वर्षीय, ६६, वर्षीय, २८ बर्षीय र १८ वर्षीय रहेका छन् । गुड्डु आलम रहेका छन् ।

उनी वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।
५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्केको क्वारेन्टाइनमा पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रदेश १ मा ५९ संक्रमित मध्य २६ जना उपचार पछि घर फर्केका छन् । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४५ पुगेको छ ।