धरान । डिउटीमा खटिएका सुरक्षाकर्मीहरूलाई कोराना भाइरस देखिन थालेपछि धरानको इलाका प्रहरी कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीहरूको ज्वरो मापन गर्न थालिएको छ ।

कार्यालय परिसरभित्र प्रवेश गर्ने सेवाग्राहीसहित बाहिर डिउटी गरेर फर्किने सुरक्षाकर्मीहरूको ज्वरो मापन गर्न थालिएको हो । थर्मल गनमार्फत् सबैको ज्वरो मापन गर्न थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । त्यस्तै हात धुने सेनिटाइजरको समेत व्यवस्था गरिएको छ । ज्वरो मापनसाथै अनिवार्य रूपमा हात धुनुपर्ने इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । धरान प्रवेश गर्ने प्रमुख नाका धरान–८ स्थित तीनकुने प्रहरी पोष्ट, धरान–१७ रेल्वे, धरान–१३ को शिवधारामा पनि धरान प्रवेश गर्नेहरूलाई पनि ज्वरो मापन गरिँदै आएको छ ।

हालसम्म झण्डै आधा दर्जन सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिसकेको छ । काठमाडौं प्रहरी वृत्त कालिमाटीका प्रहरी अधिकृत र जवान, बारा जिल्ला प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान शाखाका जवान, सुनसरीको कोशी गाउँपालिका–३ स्थित सीमा क्षेत्रमा खटिएका शसस्त्र प्रहरी हवल्दार, नेपाली सेनालाई पनि कोरोना संक्रमण भइसकेको पुष्टि भएको छ ।

tharmal_gun_test_dharan_Police_one