धरान / बराहक्षेत्र नगरपालिकमा उच्च सतृकता अपनाइएको छ । सुनसरीको दक्षिणी सीमा नाकामा खटिएका एक सशस्त्र प्रहरी हवाल्दारलाई कोरोना संक्रमण पुष्टि भए पछि बराहक्षेत्र नगरपालिकाले उच्च सर्तकता अपनाएको हो छ ।
सुनसरीको रामधुनी र भोक्राहासँग सिमाना जोडिएको वडा नं. १० र ११ मधुवन र प्रकाशपुर पुरै शिल गर्ने आजको नगरपालिका बैठकले निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक नवराज विष्टले जानकारी दिए । ती संक्रमित सशस्त्र प्रहरी सो क्षेत्रमा पनि ड्युटीमा आएको बताइएको छ ।