धरान । धरान–१४ को नेपाल तरुण दलकाे आयाेजनामा भएकाे रक्तदान कार्यक्रम ९४ युनिट संकलन भएको छ ।
लकडाउनका कारण रगत अभाव भएपछि तरुण दलले धरान–१४ को विजयपुरमा रक्तदान कार्यक्रम गरेको हो । २७ जना महिलासहित अन्य पुरुषहरूले रक्तदान गरेका थिए । रक्तदाताहरूलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो । अनौपचारिक रूपमा कार्यक्रम सुरु भए पनि धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराईको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सामाजिक दूरी कायम राखेर गरिएको रक्तदानमा ताजा रगत समेत माग भएको उनले बताए । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
यसैबीच धरान–१४ नम्बर वडाले आफ्ना वडामा कार्यरत सफाइ कर्मचारी, प्रहरी र स्वास्थ्यकर्मीलाई नगद सहितले प्रोत्साहित गरिएको छ । वडाले १८ जना कर्मचारीलाई नगदसहितले प्रोत्साहित गरेको थियो ।