धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबारदेखि ओपिडी सेवा संचालन गर्ने जनाएको छ ।
अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले सोमबार विज्ञप्ति जारी गरि उपकुलपतिको निर्देशनमा मंगलबारदेखि ओपिडी सेवा सुचारु गर्ने बताएका छन् ।

धरानमा संक्रमणकोखतरा बढिरहेको बेला उपकुलपतिको निर्देशनमा ओपिडी संचालन गरेर झन खतरा बढाउन लागेको टिप्पणीसमेत हुदैं आएको छ । प्रतिष्ठान रहेको वडाका वडाध्यक्ष नरेन्द्रकुमार राईले स्थानीय तहसँग समन्वय नगरि प्रतिष्ठानले ओपिडी सेवा संचालन गर्न लागेर भीड बढाई संक्रमणको खतरा निम्ताउन लागेको बताएका छन् ।

यता धनकुटाकी एक नर्समा कोरोना संक्रमण देखिए पछि उनले रेफर गरेको विमारी प्रतिष्ठानको प्रसुति विभागमा भेटिए पछि प्रसुती विभाग शिल गरिएको छ । ती विमारीलाई आजै आइसोलेसनमा भर्ना गरिएको छ ।

98003064_2901516803277670_1970821433978257408_o